९ मंसिर २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

तीन दलीय गठबन्धनमा जान मुस्किल छ– लक्ष्मण लाल कर्ण

प्रकाशित मिति :  २८ चैत्र २०७७, शनिबार ०७:२५


Interview with senior leader of Rastriya Janata Party-Nepal, Laxman Lal Karna in Singha Durbar, Kathmandu on Thursday, November 29, 2018. Photo: Balkrishna Thapa Chhetri/THT

काठमाडौं । ‘तीन दलीय गठबन्धनमा जान मुस्किल छ’– जनता समाजवादी पार्टी (जसपा)का नेता लक्षमण लाल कर्णको धारणा हो यो ।

‘हाम्रा मुद्दाहरुका सवालमा प्रधानमन्त्री केपी शर्मा ओली गम्भीर हुनुहुन्छ । कांग्रेस हाम्रो कुरा सुन्न नै चाहँदैन, अनि कसरी गठबन्धनमा जान सकिन्छ ?’– लक्ष्मणलालको प्रश्न छ ।

तैपनि कांग्रेससँग छलफल चलिरहेको उहाँले भन्नुभयो ।

जसपाले छलफल गरेर चाँडै निर्णय दिने उहाँले बताउनुभयो ।जसपाले आफ्ना मुद्दाहरु सम्बोधन गर्नेसँग मात्र गठवन्धन बनाउनेउहाँले बताउनुभयो ।

‘प्रधानमन्त्रीले गर्छु भन्नुभएकै छ । कांग्रेसले गर्न सक्छ र ?सक्दैन । अब आफैं कुरा बुझ्नुस्’– लक्ष्मणलालको भनाई छ ।

‘पहिले पनि केपी ओलीले सरकारमा आउन भन्नुभएको थियो, हामीप्रति सकारात्मक हुनुहुन्थ्यो, त्यसकारण ओली सरकारसँग वार्ता तिव्र बनाएका छौं’– उहाँले जानकारी दिनुभयो ।

शुक्रबार बुढानिलकण्ठमा बसेको तीन दलीय बैठकमा कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन प्रस्ताव राखेको थियो । उक्त प्रस्तावमा माओवादी केन्द्र सकारात्मक देखिए पनि जसपा सकारात्मक देखिएन । पार्टीभित्र छलफल गरेर मात्र निर्णय गर्ने जसपाका नेताहरुले भनेका थिए ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !