२२ पुष २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

खोपकाे लागि भारतलाई स्वास्थ्य मन्त्री त्रिपाठीको पनि फोन

प्रकाशित मिति :  २८ चैत्र २०७७, शनिबार ०७:२९


काठमाडौं । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले खोप आपूर्तितत्काल सुचारु गर्न भारतलाई आग्रह गर्नु भएको छ । भारतीय समकक्षी हर्षवद्र्धनसँग टेलिफोन वार्ता गर्दै मन्त्री त्रिपाठीले कोभिड–१९ खोप आपूर्ति गर्न आग्रह गर्नुभएको हो ।

अवरुद्ध खोप आपूर्तिलाई सुचारु गर्न स्वास्थ्यमन्त्री मन्त्री त्रिपाठीले आग्रह गरे पछि भारतीय स्वास्थ्यमन्त्री हर्षवद्र्धनले सिरम इन्स्टिच्युटसँग बुझेर चाँडै खबर गर्ने बताउनु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मन्त्री त्रिपाठीले नेपाल र भारतबीच खुला सीमा भएकाले पनि भारतले नेपाललाई खोप आपूर्तिमा प्राथमिकता दिनुपर्ने आग्रह गर्नुभएको थियो ।

भारतबाट ल्याइएको खोप पहिलो चरणमा दिइसकिएको छ । विगतमा खोप लगाएका व्यक्तिहरुलाई दोस्रो डोज खोप दिनका लागि नेपालले खोप आयात गर्ने प्रयास गरेको हो ।

खोप आयातका लागि परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले बिहीबार भारतीय विदेश मन्त्री एस जयशंकरलाई फोन गर्नुभएको थियो ।

खोप समयमै नआउँदा नेपालमा खोप अभियान प्रभावित भएको छ ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !