२१ आश्विन २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

विधिको पालना र सकारात्मक छलफलले मात्र निकास निस्किन्छ: माधव नेपाल

प्रकाशित मिति :  २९ चैत्र २०७७, आईतवार ०५:२८


पर्सा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विधिको पालना र छलफलको माध्यमले मात्र पार्टीभित्र देखिएको राजनीतिक समस्याको समाधान निस्कने धारणा व्यक्त गर्नुभएको छ ।

उहाँले पार्टीभित्र देखिएको गुट–उपगुटको समस्यालाई विधिसम्मत बैठक बसी छलफलको माध्यमबाट टुङ्गोमा पुर्‍याउन सकिने विश्वास व्यक्त गर्नुभयो ।

प्रेस संगठन नेपाल पर्साले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले संगठनको विधानअनुसार छलफल गरे समस्याको समाधान खोज्न सकिने बताउनुभयो । उहाँले विगतका तीता अनुभावलाई पछाडि छाड्दै सकारात्मक छलफलको माध्यमले पार्टीभित्रका समस्यालाई समाधान गर्न आफूहरु तयार भए पनि पार्टी नेतृत्वको कारण समस्या यथावत रहेको आरोप लगाउनुभयो । एकले अर्कालाई निषेध गर्ने प्रवत्तिले कही नपुग्ने भएकाले वर्तमान समस्याको समाधान वार्ता र संवादबाटै खोजिनु पर्नेमा नेता नेपालले जोड दिनुभयो ।

नेता नेपालले नेता कार्यकर्तामाथि गरिएको कारवाहीले पार्टीलाई कमजोर तुल्याउने बताउनुभयो ।

उहाँले पार्टी विधान र विधिबाट चल्नुपर्ने मान्यता राख्ने नेता – कार्यकर्तालाई कारवाही गरी कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने र मुलुकमा राजनीतिक संकट उत्पन्न गरेको दाबी गर्नुभयो ।

– रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !