९ मंसिर २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

जनमत पार्टीको अध्यक्षमा सीके राउत निर्विरोध

प्रकाशित मिति :  ३० चैत्र २०७७, सोमबार ०७:१३


काठमाडौं । जनमत पार्टीको अध्यक्षमा डा. सीके राउत निर्विरोध चयन हुनुभएको छ । जनकपुरधाममा सम्पन्न पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट राउतलाई अध्यक्ष चयन गरिएको हो ।

राउतको मात्र एकल उम्मेदवारी आए पछि उहाँ निर्विरोध चयन हुनुभएको हो । उपाध्यक्षमा मोहम्मद अब्दुल खान, इन्जिनियर वसन्त कुशवाहा, इन्जिनियर दीपककुमार साह र इन्जिनियर नरेन्द्रप्रसाद चौधरी निर्वाचित हुनुभएको छ ।

महासचिवका एकल उम्मेदवार चन्दनकुमार सिंह निर्वाचित हुनुभएको छ । २३ जना केन्द्रीय सदस्य निर्वाचित हुनुभएको छ ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !