२८ पुष २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

भारतमा काेराेना बाट ज्यान गुमाउनेकाे संख्या एक लाख ७० हजार नाघ्यो

प्रकाशित मिति :  ३० चैत्र २०७७, सोमबार ०८:५०


नयाँदिल्ली । भारतमा कोरोना भाइरसको सङ्क्रमणको कारण एकैदिनमा नाै सय जनाको ज्यान गए पछि यस प्रकोपबाट ज्यान गुमाउने व्यक्तिको सख्या १ लाख ७० हजार नाघेको छ ।

कोरोना शुरु भएयता हालसम्म भारतमा एक लाख ७० हजार एक सय ७९ जनाको मृत्यु भएको केन्द्रीय सरकारले सोमबार जानकारी दिएको छ ।

गत २४ घण्टामा भारतमा १ लाख ६८ हजार नाै सय १२ जनामा थप व्यक्तिमा कोरोना भाइरस सङक्रमण देखिएको छ । यो संख्या भारतमा कोरोना भाइरस शुरु भएयता कै सव भन्दा धेरै भएको सरकारी स्रोतले सोमाबार जनाएको छ ।

पछिल्लो केहीदिनदेखि भारतमा दैनिक एक लाखभन्दा बढी सङ्क्रमित भएका छन् । यो तथ्यांकले भारतमा नयाँ सङ्क्रमितहरुको सख्या दैनिक रुपमा बढ्दै गएको देखाएको छ । आइतबार भाइरस सङ्क्रमणको कारण नाै सय चार जनाको ज्यान गएकाे छ । यसवर्ष शुरु भएपछि हालसम्मको तथ्यांकलाई हेर्दा यो संख्या सब भन्दा उच्च हो ।

भारतका कुल सङ्क्रमितको संख्या १ करोड ३५ लाख २७ हजार सात सय १७ जना भएको जनाइएको छ ।सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या १२ लाख १ हजार भन्दा बढी रहेको छ । यद्यपी एक करोड २१ हजार ५७ हजार भन्दा बढी कोरोना मुक्त भएका छन् ।

भारतमा गत जनवरी १६ बाट कोरोनाविरुद्ध खोपको शुरुवात भएको थियो । सो समयदेखि हालसम्म १० करोड ४५ लाख २८ हजार ६ सय ६५ व्यक्तिहरु खोप लगाइसकेका छन् ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !