१८ पुष २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नहकुल सुवेदीलाई सर्वोच्चको न्यायाधीश बन्ने बाटाे खुल्याे

प्रकाशित मिति :  ३० चैत्र २०७७, सोमबार १३:०७


काठमाडौं । मुख्य न्यायाधीश नहकुल सुवेदी सर्वोच्च अदालतको न्यायाधीश बन्न योग्य रहनु भएकाे छ ।

न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले सुवेदी न्यायाधीश बन्न योग्य रहनुभएको आदेश साेमबार दिएको हो । सर्वोच्चको न्यायाधीश हुन न्याय सेवाको राजपत्रांकित प्रथम श्रेणी वा सोभन्दा माथिको पदमा १२ वर्ष बढी अवधिको अनुभव हासिल गरेका हुनुपर्ने व्यवस्था छ ।

संविधान अनुसार सुवेदीको योग्यता पुग्ने भएपछि ‘उत्प्रेषणको आदेश बदर गरी पाऊँ भन्ने निवेदन उपर जिकीर पुग्दैन’ आदेशमा लेखिएको छ- ‘प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ ।’

उच्च अदालतका मुख्य न्यायाधीश कुमार चुडाल र नहकुल सुवेदीलाई २८ फागुनमा न्याय परिषद् बैठकले सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो । तर, सुवेदीको योग्यता नपुगेको भन्दै वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

साे रिटमा सुनुवाइ गर्दै सर्वाेच्चले साेमबार न्यायाधीश बन्न याेग्य भएकाे आदेश दिएकाे छ ।

-आईएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !