कोरोना जोखिम न्युनिकरण गर्न आज नयाँ मापदण्ड घोषणा हुदैं
काठमाण्डौं । पछिल्लो समय नेपालमा कोरोना भाईरसको दोश्रो लहर सुरु भएको छ ।
कोरोना भाइरसको दोश्रो लहर सुरु भएसँगै यसको जोखिमलाई हेर्दै सरकारले विभिन्न मापदण्ड लागू गर्न लागेको छ ।
यसअघि कोरनाको जोखिम उच्च भएको भन्दै कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले मन्त्रिपरिषद्समक्ष तीन साता विद्यालय बन्द गर्ने लगायतका प्रस्ताव गरेको थियो ।
यस प्रस्तावमा छलफल गर्न हिजो मन्त्रीपरिषद् बैठक पनि बसेको थियो ।तर बैठकले तत्काल विधालय बन्द नगर्ने निर्णय गरेको थियो। केही दिनको अवस्था हेरेर मात्र यससम्बन्धी निर्णय गर्ने सरकारको तयारी छ ।
सरकारले तत्काल कुनै क्षेत्र बन्द गर्ने निर्णय गर्नुपूर्व कोरोनाको नयाँ प्रजातिबारे जनचेतना फैलाउने र नयाँ मापदण्डका बारेमा सार्वजनिक अपिल गर्ने भएको हो
सोहीअनुरुप उपप्रधानमन्त्री इश्वर पोखरेलले आज संचार माध्यमबाट कोरोना भाइरस सम्वन्धी नयाँ मापदण्ड बारे अपिल गर्ने कार्यक्रम छ ।
हिजो बसेको बैठकले विधालय बन्द गर्ने सम्वन्धी कुनै औपचारीक निर्णय लिएको थिएन् ।
बैठकमा विधालय बन्द गर्ने सम्वन्धी अधिकार स्थानिय तहलाई दिने भनि प्रस्ताव पनि उठेको थियो ।
-आईएनए न्युज एजेन्सी