२३ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

विद्यालयमा फैलँदै कोरोना, कालिकाका ८ शिक्षक एकैपटक संक्रमित

प्रकाशित मिति :  ३१ चैत्र २०७७, मंगलवार ११:३१


काठमाडौं । रुपन्देहीको बुटवल–१० स्थित कालिका मानवज्ञान माविका आठ जना शिक्षकमा कोरोना संक्रमण देखिएको छ ।

८ जना शिक्षकमा एकैदिन संक्रमण पुष्टि भएको हो । नेपालकै सबैभन्दा धेरै विद्यार्थी भएका सामुदायिक विद्यालयमध्ये कालिका मानवज्ञान पनि एक हो । सो विद्यालयमा ८ हजार बढी विद्यार्थी अध्ययन गर्ने गर्छन् ।

एकैपटक ८ शिक्षकलाई कोरोना देखिएपछि विद्यालय बन्द गरिएको वडाध्यक्ष पदमबहादुर थापाले जानकारी दिनुभयो । विद्यालय वैशाख २ गतेसम्मका लागि बन्द गरिएको उहाँले बताउनुभयो । विद्याल बन्द गरिएको भए पनि कक्षा १० को परीक्षा भने स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन भइरहेको उहाँले बताउनुभयो ।

विद्यालयबाट तीन दिने भ्रमणमा गएका शिक्षकहरुमा कोरोना संक्रमण देखिएको उहाँले बताउनुभयो । ‘उहाँहरु डोटीसम्मको भ्रमणमा जानुभएको थियो, त्यहाँबाट फर्किएकालाई कोरोना देखियो, उहाँहरुमा उतैबाट संक्रमण सरेको आशंका छ’ – उहाँले भन्नुभयो ।

विद्यालयका अन्य शिक्षक र विद्यार्थीमामा भने संक्रमणको कुनै लक्षण देखिएको छैन । वैशाख २ बाट नियमित कक्षा सञ्चालन गर्ने तयारी गरिएको उहाँले बताउनुभयो ।

विद्यालयहरुमा कोरोना संक्रमण जोखिम बढेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ठूला काठमाडौं उपत्यकासहित देशका ठूला शहरका विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरिसकेको छ । मन्त्रिपरिषद्बाट पारित हुन भने बाँकी छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !