२३ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

जनस्वास्थ्यसम्बन्धी नयाँ मापदण्ड भोलि सार्वजनिक गरिने

प्रकाशित मिति :  ३१ चैत्र २०७७, मंगलवार १२:२४


काठमाडौं । सरकारले जनस्वास्थ्यसम्बन्धी नयाँ मापदण्ड बुधबार मात्र सार्वजनिक गर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान देशबासीका नाममा सम्बोधन गर्दै जनस्वास्थ्यसम्बन्धी नयाँ मादण्ड पनि सार्वजनिक गर्नुहुनेछ ।

यसअघि उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित अन्य मन्त्रीहरुले जनस्वास्थ्यसम्बन्धी नयाँ मापदण्ड आज सार्वजनिक गर्ने तय थियो । अन्तिम समयमा आएर प्रधानमन्त्री ओलीले नै सार्वजनिक गर्नुहुने तय भएको हो ।

प्रधानमन्त्री ओलीले बुधबार बिहान ८ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारबाट देशबासीका नाममा सम्बोधन गर्दै हुनुहुन्छ । नयाँ वर्ष २०७८ को अवसर पारेर प्रधानमन्त्री ओलीले सरकारका उपलब्धि, देशको पछिल्लो राजनीतिक अवस्था, आर्थिक अवस्था, कोरोना लगायत देशको समग्र अवस्थाबारे जानकारी गराउनुहुने बताइएको छ ।

नेपालको कोरोना संक्रमणको दोस्रो लहर सुरु भएको छ । पछिल्लो समय कोरोनाबाट संक्रमित र निधन हुनेको संख्या पनि बढ्दै गइरहेको छ ।  सरकारले कोरोना फैलिन नदिन आवश्यक तयारी गरिरहेको छ । गत वर्षजस्तो लकडाउन गर्ने मनस्थितिमा सरकार छैन । स्वास्थ्य सुरक्षा मापदण्ड पालनमा कडाइ गर्दै जनजीवन सहज बनाउनका लागि सरकारले जनस्वास्थ्य सम्बन्धी नयाँ मापदण्ड जारी गर्न लागेको हो ।

-आईएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !