२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

जनताको मन र अभिमत नै निर्णायक– प्रम ओली

प्रकाशित मिति :  १ बैशाख २०७८, बुधबार ०४:३२


काठमाडौं । नयाँ वर्षको पहिलो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा आशा र उत्साह जगाउने नयाँ अभियान थाल्नुभएको छ । उहाँको भनाई छ– नागरिकको जीवन रक्षा सरकारको पहिलो प्राथमिकता हो, जीवन रहे सबैथोक गर्न सकिन्छ, त्यसकारण जीवन रक्षा पहिलो हो ।

नयाँ वर्षकाे पहिलाे दिन देशवासीलाई सम्बाेधन गर्दै प्रतिकूल अवस्थामा पनि ०७७ लाई निरर्थक बन्न नदिएकोमा प्रधानमन्त्रीले सन्तोष व्यक्त गर्नुभयो ।

उहाँको भनाई छ– कोभिड महामारीका बावजुद गत वर्ष सफल रह्यो । आउँदो वर्ष पनि सफल हुनेछ ।

०७६ साल पृथकतावाद र पृथकतावादी सोच अन्त्य गरेर राष्ट्रिय एकतामा महत्वपूर्ण उपलब्धी हासिल गरेको चर्चा गर्दै प्रधानमन्त्रीले ०७७ सालमा हिँसाको बाटो लिइरहेको समूहलाई शान्तिपूर्ण बाटोमा ल्याएको चर्चा गर्नुभयो ।

उहाँले भन्नुभयो– ‘अब देशमा हिँसाको राज छैन अर्थात् राजनीतिलाई हिँसाको माध्यम बनाउने कुनै समूह छैन । संवैधानिक र शान्तिपूर्ण बाटोबाटै राजनीतिक अभिष्ट प्राप्त गर्न सकिन्छ ।’

राज्य शक्तिको स्रोत हिंसा होइन, जनताको मन र अभिमत नै राजनीतिको निर्धारक तत्व हो ।

केही पनि भएन भनेर हल्ला चलाउने, निराश बनाउने, असन्तुष्टि भड्काउने प्रयास भएको चर्चा गर्दै प्रधानमन्त्रीले तैपनि विचलित नभई सरकारले काम गरेको बताउनुभयो । भन्नुभयो–  ‘आशा जगाउने, भरोसा जगाउने, भविष्यप्रति आशा र विश्वास जगाउने काम सरकारले लगातार गर्यो ।

-आईएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !