२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बेथिति रोक्न ‘मेरो कित्ता’ कार्यक्रम सहयोगी हुनेछ – शिवमाया तुम्बाहाङ्फे

प्रकाशित मिति :  २ बैशाख २०७८, बिहीबार ०८:४१


काठमाडौं । ‘नयाँ युगमा प्रवेश गर्ने क्रममा थप एउटा सिँढी पार गरिएको छ, आजको दिन ऐतिहासिक हुनेछ’ – भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री ‍डा. शिवमाया तुम्बाहाङ्फेको भनाइ छ ।

नापी विभागमा बिहीबार आयोजित ‘नेपाल ल्याण्ड इन्फरमेशन सिस्टम’ र ‘मेरो कित्ता’ अनलाइन प्रणालीको शुभारम्भ कार्यक्रममा मन्त्री तुम्बाहाङ्फेले त्यसो भन्नु भएको हो । ‘मेरो कित्ता’ कार्यक्रमले जनतालाई खुसी थपेको समेत बताउनुभयो ।

जग्गासँग जोडिएर मालपोत र नापीमा पुगेर जनताले भोग्नुपर्ने सास्तीको अन्त्य गर्नु ऐतिहासिक काम भएको पनि उहाँले बताउनुभयो । जग्गा ऐन, सुशासन ऐन लगायत ऐनमा टेकेर काम गरिएको मन्त्री तुम्बाहाङ्फेले बताउनुभयो ।

कार्यालयमा हुने ढिलासुस्ती र बेथितीलाई रोक्न यो कार्यक्रम ल्याइएको मन्त्री तुम्बाहाङ्फेले बताउनुभयो । उहाँले भन्नुभयो – ‘सेवाग्राहीको सहजताको लागि, छिटो भन्दा छिटो जनतालाई सेवा प्रदान गर्ने सरकारको उद्देश्य अनुरुप हामीले यो कार्यक्रम ल्याएका हौं ।’

नेपाल डिजिटल युगमा प्रवेश गरेको भन्दै उहाँले सबै क्षेत्रलाई प्रविधिसँग जोड्ने योजना सरकारको रहेको पनि उहाँले बताउनुभयो । ‘डिजिटल नेपालको अवधारणा अनुसार हामीले ‘मेरो कित्ता’ कार्यक्रम ल्याएका छांै, अब हरेक क्षेत्रलाई प्रविधिसँग जोडेर जनताका लागि सहज बनाउन जरुरी छ, यसका लागि सरकारले काम गरिहेको छ ।’ – मन्त्री तुम्बाहाम्फेले भन्नुभयो ।

डिजिटल नेपाल बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको योजना अनुरुप यो कार्यक्रम सरकारले लागू गरेको उहाँले बताउनुभयो । सरकारले सेवा दिएका ठाउँमा जनताले गुनासो गर्ने स्थिति सृजना हुन नदिन उहाँले कर्मचारीलाई निर्देशन दिनुभयो ।

-आईएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !