३ माघ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कर्णालीमा केन्द्रको निर्णय पर्खंदै कांग्रेस

प्रकाशित मिति :  ३ बैशाख २०७८, शुक्रबार ०७:१६


काठमाडौं । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने–नदिने विषयमा कांग्रेस संसदीय दलले केन्द्रको निर्देशन पर्खने भएको छ ।

कांग्रेस कर्णाली प्रदेश संसदीय दलका सचेतक हिमबहादुर शाहीले सो जानकारी दिनुभएको हो । ‘यस विषयमा छलफलमा गर्न केन्द्रमा अहिले बैठक बसिरहेको छ, जे निर्देशन आउँछ, हामीले त्यही गर्छौं’ – शाहीले भन्नुभयो । मुख्यमन्त्री शाहीले आज बस्ने प्रदेश सभाको हिउँदै अधिवेशनको पहिलो बैठकमा विश्वासको मत लिँदै हुनुहुन्छ ।

केन्द्रको निर्णय नआउँदासम्म आफूहरु मौन बस्ने हिमबहादुरले बताउनुभयो । ‘एमालेले हामीसँग पनि छलफल गरेको छ, माओवादीले पनि गरेको छ, तर कसलाई सहयोग गर्ने भन्ने कुरा केन्द्रको निर्देशनमा भरपर्छ, त्यसैले यो विषयमा हामी मौन छौं’ – उहाँले भन्नुभयो ।

यद्यपि आफूहरुले सहयोग गरेपनि माओवादी सरकार ढल्ने निश्चित देखिएको शाहीले बताउनुभयो । ‘मुख्यमन्त्री शाहीले सरकारको नेतृत्व गन कांग्रेसलाई प्रस्ताव गर्नुभएको छ, तर केही आधार भने तय भएको छैन’ – शाहीले भन्नुभयो ।

मुख्यमन्त्री शाहीलाई दिएको समर्थन एमाले संसदीय दलले चैत ३ गते फिर्ता लिएको थियो । त्यसपछि शाही नेतृत्वको सरकार अल्पमतमा छ ।

-आईएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !