२१ पुष २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

काठमाडौं महानगरले भन्याे – संक्रमण देखिएका विद्यालय एक साता बन्द गर्नू

प्रकाशित मिति :  ३ बैशाख २०७८, शुक्रबार ०७:२२


काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना संक्रमण देखिएका विद्यालय एक साता बन्द गर्ने भएको छ ।

महानगरभित्रका विद्यालयमा कोभिड-१९ संक्रमणको जोखिम कम गर्न विद्यालय बन्द गर्ने निर्णय गरिएकाे महानगरले शुक्रबार विज्ञप्ति निकालेर जानकारी दिएकाे छ । बालबालिकामा संक्रमणको जोखिम बढी हुने भएकाले नै विद्यालय बन्द गर्नुपर्ने परिस्थिती आएको विज्ञप्तिमा उल्लेख छ ।

बन्द गरिएका विद्यालयमा वैकल्पिक माध्यमबाट पढाइ हुने महानगरले जनाएकाे छ । विद्यालयका विद्यार्थी, शिक्षक वा कर्मचारीमा संक्रमण भएको पाइए अर्को सूचना जारी नभएसम्म विद्यालय बन्द गर्न महानगरले सम्बन्धित विद्यालयलाई दिर्नेशन पनि दिएकाे छ ।

कोरोना संक्रमित नभएको विद्यालयमा कोरोनाविरूद्ध अपनाउनुपर्ने मापदण्ड पूरा गर्न महानगरले आग्रह गरेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट तोकिएका मापदण्ड पूरा गरि अभिभावकसहितको सहमतिमा ती विद्यालय सञ्चालन गर्नुपर्ने समेत  विज्ञप्तिमा उल्लेख छ ।

-आईएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !