सिल भयाे काठमाडाैं प्लाजा
प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार १०:२६
काठमाडौं । काठमाडौं प्लाजा सिल भएकाे छ ।
खाली गर्न दिएको अन्तिम समयसीमा सम्म पनि खाली नभएपछि नेपाल ट्रष्टले शुक्रबार काठमाडौं प्लाजा सिल गरेकाे हाे । सिल भएसँगै प्लाजा भित्रका कार्यालय तथा पसलहरु बन्द भएका छन् ।
नेपाल ट्रष्टले सो भवन काठमाडौं महानगरपालिकालाई भाडामा दिने सम्झौता यसअघि नै गरिसकेको छ । प्लाजामा ज्योति विकास बैंक, मुक्तिनाथ विकास बैंक लगायत कार्यालय तथा पसलहरु सञ्चालन थिए ।
0
Shares