२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कोरोना नियन्त्रणका लागि सबै दल एक भएर लागाैं – प्रम ओली

प्रकाशित मिति :  ४ बैशाख २०७८, शनिबार ०८:५३


काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले काेराेना महामारी राेकथाम र नियन्त्रणका लागि एकजुट भएर लाग्न सबै दललाई आग्रह गर्नुभएकाे छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी सर्वदलीय बैठककाे सुरुमै प्रधानमन्त्री ओलीले साे कुरा बताउनु भएकाे राप्रपा अध्यक्ष प्रकाशचन्द्र लोहनीले जानकारी दिनुभयाे ।

काेराेना साझा समस्या भएकाले यसकाे नियन्त्रणका लागि सबै एकजुट हुनुपर्ने प्रधानमन्त्रीकाे भनाइ छ । संक्रमण बढ्दै गइरहेका बेला कसरी काम गर्ने भन्‍नेबारे प्रधानमन्त्री ओलीले नेताहरुसँग सुझाव माग्नुभएकाे पनि लाेहनीले जानकारी दिनुभयाे । साे विषयमा आफूहरुले केही बुँदा टिपेर दिइएकाे उहाँले बताउनुभयाे ।

प्रधानमन्त्री ओलीले सरकारका काममा सभामुख अग्निप्रसाद सापकाेटाले असहयाेग गर्नुभएकाे बताउनुभएकाे पनि लाेहनीले जानकारी दिनुभयाे । ‘सभामुखले काम गर्न दिनुभएन, अराजक र अनैतिक काम गरिरहनुभएकाे छ’- प्रधानमन्त्रीकाे भनाइ उद‍ृद गर्दै लाेहनीले बताउनुभयाे ।
-आईएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !