२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सर्वदलीय बैठकमा कांग्रेसले उठायो यी विषय

प्रकाशित मिति :  ४ बैशाख २०७८, शनिबार ०८:५७


काठमाडौं । नेपाली कांग्रेसले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विषय चाँडो टुंगो लगाउनुपर्ने बताएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बोलाउनुभएको सर्वदलीय बैठकमा कांग्रेसले एमसीसीका सकारात्मक पक्षमा छलफल गरेर सदनबाट चाँडै पारित गर्नुपर्ने बताएको हो ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले भन्नुभयो – ‘कांग्रेसकै पालामा एमसीसी आएको हो, यो विषयमा छलफल गर्न कांग्रेस सकारात्मक छ, त्यसैले सकारात्मक पक्षमा छलफल गरेर एमसीसीलाई चाँडै टुंग्याउनुपर्छ ।’

बैठकमा उपचुनाव तथा उप–सभामुख चयनको विषयमा पनि छलफल भएको पौडेलले बताउनुभयो । रिक्त रहेका पदमा उपचुनाव गराउन सरकार र दलहरु सकारात्मक रहेका पनि नेता पौडेलले बताउनुभयो ।

कोरोना रोकथाममा गम्भीर भएर लाग्न पनि सरकारलाई कांग्रेसले सझाव दिएको पौडेलले बताउनुभयो । लकडाउन बाहेकका विकल्प सोच्न पनि सरकारलाई सुझाव दिइएको उहाँले बताउनुभयो ।

बैठकमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता पौडेल र बालकृष्ण खाँड सहभागी हुनुभएको थियो ।

-आईएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !