२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

माओवादी केन्द्र नभएपनि देश चल्छ – प्रदीप ज्ञवाली

प्रकाशित मिति :  ४ बैशाख २०७८, शनिबार ०९:१२


काठमाडौं ।  एमाले प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भन्नुभयो – ‘उहाँहरु (माओवादी केन्द्र) नभएपनि देश चल्छ, केही फरक पर्दैन ।’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वदलीय  बैठकमा किन सहभागी हुनुभएन भन्ने पत्रकारको प्रश्नमा मन्त्री ज्ञवालीले त्यसो भन्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाम तथा नियन्त्रण लगायत समसामयिक विषयमा छलफल गर्न शनिबार बालुवाटारमा सर्वदलीय बैठक बोलाउनु भएको थियो । सो बैठक प्रचण्डले बहिष्कार गर्नुभयो ।

खबर नगरेको भनेर प्रचण्ड आउनुभएन भन्ने सुनियो भन्ने पत्रकारको प्रश्नमा मन्त्री ज्ञवालीले भन्नुभयो – ‘माओवादीलाई खबर नगरेको भन्ने सरासर झुट हो, उहाँहरू किन आउनुभएन त्यो थाहा भएन, उहाँहरू नहुँदा पनि देश चाहिँ चल्छ, केही फरक पर्दैन ।’ प्रधानमन्त्रीको फोन आयो भन्ने कुरा सार्वजनिक रुपमै प्रचण्डले भन्नुभएको समेत ज्ञवालीले प्रष्ट पार्नुभयो ।

शुक्रबार ललितपुरको एक कार्यक्रममा सहभागी हुनुभएका प्रचण्डले शुक्रबार आफैं भन्नुभएको थियो – ‘मलाई धेरैपछि प्रधानमन्त्री केपी शर्मा ओलीले फोन गर्नुभयो, यही कार्यक्रममै भएका बेला ।’ खासमा प्रधानमन्त्री ओलीले सर्वदलीय बैठकको निम्तो दिन प्रचण्डलाई फोन गर्नुभएको बताइएको थियो ।

प्रधानमन्त्रीले बोलाउनुभएको सर्वदलीय बैठकमा प्रचण्डसहित एमाले नेता झलनाथ खनाल, सजपा नेताहरु डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पनि बैठकमा सहभागी हुनुभएन ।

-आईएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !