२८ पुष २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

भारतमा कोभिड : बाँच्नलाई उपचार छैन, मरेपछि जलाउने ठाउँ छैन

प्रकाशित मिति :  ६ बैशाख २०७८, सोमबार ०८:५३


काठमाडौं । भारतमा कोभिड १९ महामारीको सुनामी आएको छ । पछिल्लो २४ घन्टाभित्र भारतमा एक हजार पाँच सय जनाको ज्यान गएको छ । दुई लाख ७५ हजारभन्दा धेरैलाई संक्रमण भएको छ ।

मुम्बई सहर रहेको महाराष्ट्र राज्यमा पछिल्लो २४ घन्टामा पाँच सय जनाको ज्यान गएको छ । राजधानी दिल्लीमा एकसय ६७ को ज्यान गएको छ ।

भारतको दिल्ली, मुम्बई, सुरत, अहमदावाद, लखनउ लगायतका ठूला सहरहरु लकडाउनमा छन् ।

संक्रमितहरुको संख्या बढ्दै जाँदा भारतका अस्पतालहरुमा बेडको अभाव भएको छ । एम्बुलेन्स चौबिसै घन्टा व्यस्त हुनुपरेको छ  अस्पतालमा अक्सिजन र औषधीहरुको अभाव देखिएको छ । त्यसैगरी दाहसंस्कार गर्न शवलाई घन्टौंसम्म लाइनमा राख्नुपर्ने अवस्था आएको छ । मुम्बई सहरमा अब शव जलाउन नयाँ ठाउँ व्यवस्था गर्नुपर्ने अवस्था आएको त्यहाँको राज्य सरकारले जनाएको छ ।

भारतको अवस्था विकराल बन्दै जाँदा विभिन्न देशले भारतसँगको हवाई उडानमा रोक लगाएका छन् ।

-आईएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !