२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

लुम्बिनीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

प्रकाशित मिति :  ६ बैशाख २०७८, सोमबार ०९:०४


काठमाडाैं । लुम्बिनी प्रदेशका मुुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) का केही सांसद्ले प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेका हुन् ।

अविश्वासको प्रस्तावमा नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको उल्लेख छ ।

जसपाकाे नाम आएपनि आफूहरुले भने अविश्वास प्रस्तावमा हस्ताक्षर नगरेकाे जसपा लुम्बिनी प्रदेश संसदीय दलकाे नेता सन्ताेष पाण्डेले जानकारी दिनुभयाे ।

‘बैठक पनि बसेकाे छैन,हामीले अविश्वास प्रस्तावमा समर्थन गरेका पनि छैनाैं,केही सांसद्ले गरेका भए जानकारी छैन’-पाण्डेले भन्नुभयाे । सहसराम यादव लगायत जसपाका केही सांसद्ले मात्र हस्ताक्षर गरेका स्राेत बताउँछ ।

८७ सदस्यीय प्रदेश सभामा एमालेका ४१, माओवादीका २० कांग्रेसका १९, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक जना प्रदेश सभा सदस्य छन् ।

एमालेमा लागेका दुई जनालाई कारबाही गरेपछि अब माओवादीका १७ सांसद् छन् । नयाँ सरकार बनाउन ४३ सांसद् चाहिन्छ ।

-आईएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !