२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एमालेले ३२ सांसद्लाई पठायाे स्पष्टिकरण पत्र

प्रकाशित मिति :  ७ बैशाख २०७८, मंगलवार १०:०४


काठमाडौं । नेकपा एमालेले २७ जना प्रतिनिधि सभा सांसद्सहित ३२ जनालाई स्पष्टिकरण सोधेको छ ।

एमालेले प्रतिनिधि सभाका २७ र कर्णाली प्रदेश सभाका ५ सहित ३२ जना सांसद्लाई आज स्पष्टिकरण पत्र पठाएको हो । पार्टी केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालका अनुसार ३२ जना सांसद्लाई संसदीय दलमार्फत स्पष्टिकरण पत्र पठाइएको हो ।

पत्रमा छुट्टै राजनीतिक दल गठन गरेकोले कारबाही किन नगर्ने भन्दै प्रश्न गरिएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले कारणसहित तीन दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिनुभएकाे छ । सोमबार बसेको पार्टी महाधिवेशन आयोजक कमिटी बैठकको निर्णयअनुसार संसदीय दलमार्फत पत्र पठाइएको हो ।

माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई अन्तिम स्पष्टिकरण सोधिनेछ । यी चार नेताले चित्तबुझ्दो स्पष्टिकरण दिँदै सच्चिएर आए पार्टीमा एकपटक मौका दिइने नसच्चिए निष्कासनसम्म गर्न सक्ने एमालेको तयारी छ । पार्टी हितविपरित गतिविधि गरेपछि एमालेले उहाँहरुलाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरिसकेको छ ।

कर्णालीमा फ्लोर क्रस गरेका सांसद्लाई पनि स्पष्टिकरण पत्र पठाइँदैछ । यद्यपि उनीहरुले जस्तो जवाफ दिएपछि पार्टीमा कुनै ठाउँ नदिइने निर्णय भइसकेको नेता शेरबहादुर तामाङले जानकारी दिनुभयो । प्रारम्भिक कारबाहीमा परेकाहरुलाई भने एक पटक सच्चिने मौका दिइनेछ ।

यी हुन् स्पष्टिकरण साेधिएका सांसद्

प्रतिनिधि सभा

माधवकुमार नेपाल
झलनाथ खनाल
भीम रावल
घनश्याम भुसाल
सुरेन्द्र पाण्डे
पवित्रा निरौला खरेल
सांसद योगेश भट्टराई
रामकुमारी झाँक्री
झपट रावल
यज्ञराज सुनुवार
जीवनराम श्रेष्ठ
विरोध खतिवडा
मेटमणि चौधरी
सोमप्रसाद पाण्डे
भवानी खापुङ
नारायण खतिवडा
जयकुमार राई
गणेश पहाडी
दिपकप्रकाश भट्ट
हिराचन्द्र केसी
पुष्पाकुमारी कर्ण कायस्थ
कल्याणी खड्का
लक्ष्मीकुमारी चौधरी
सरलाकुमारी यादव
कृष्णलाल महर्जन
नीरादेवी जैरु
मुकुन्द न्यौपाने

कर्णाली प्रदेश सभा

प्रकाश ज्वाला
नन्दसिंह बुढा
कुर्मराज शाही
अम्बरबहादुर थापा
देवी ओली (मत सच्चाएकी)

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !