२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

चुनाव होइन ओलीको डर छ – माओवादी

प्रकाशित मिति :  ७ बैशाख २०७८, मंगलवार १२:३३


काठमाडौं । माओवादी केन्द्रले नयाँ सरकार बनाउन थप गृहकार्य गर्ने भएको छ ।

मंगलबार बसेको पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिटी बैठकले नयाँ सरकार बनाउन छलफल तीब्र पार्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । बैठकका निर्णयबारे पत्रकारलाई जानकारी दिँदै श्रेष्ठले भन्नुभयो – ‘नयाँ सरकार गठनको विषयमा कांग्रेस र जसपासँग निरन्तर छलफल भइरहेको छ, यसलाई अझ बढी तिब्रता दिइनेछ ।’

सरकारले प्रतिनिधि सभाको हिउँदे अधिवेशन अन्त्य गर्नुअघि कुनै पक्षसँग छलफल नगरेको बताउँदै श्रेष्ठले भन्नुभयो – ‘आजको अवस्थामा प्रतिनिधि सभाको अधिवेशनलाई प्रभावकारी र उपलब्धिमूलक बनाउनुपर्ने परिस्थितिमा संसद् अधिवेशन हठात् अन्त्य गर्ने काम गर््…यो, यो अलोकतान्त्रिक, निरंकुश र स्वेच्छाचारी कदमको अभिव्यक्ति हो, त्यो कदमको भत्र्सना पनि पार्टीले गरेको छ ।’

राजनीतिक उपलब्धिहरु संकटमा पर्ने खतरा रहेकाले माओवादी चिन्तित रहेको बताउँदै नारायणकाजीले भन्नुभयो – ‘हामीले राष्ट्रिय स्वाधिनताको रक्षाका लागि पनि गम्भीर हुनुपर्ने, सम्पूर्ण देशभक्त शक्तिहरु एकताबद्ध हुनुपर्ने आवश्यक छ ।’

बैठकमा प्रचण्डले जसरी हुन्छ केपी ओली नेतृत्वको सरकार ढाल्नुपर्ने बताउनुभएको श्रेष्ठले जानकारी दिनुभयो । ‘वर्तमान सरकारलाई अपदस्थ गरेर अर्को सरकार ल्याउँनु नै हाम्रो मुख्य उद्देश्य हो’– प्रचण्डको भनाई उदृत गर्दै श्रेष्ठले भन्नुभयो ।

चुनाव भन्दा पनि केपी ओलीसँग डराउनुपर्ने निष्कर्ष माओवादीको छ । संविधान अनुसार चुनाव भए आफूहरु पनि सहभागी हुने बताउँदै उहाँले भन्नुभयो – ‘चुनावमा ओली नेतृत्वको सरकारले धाँधली गर्छ भन्ने शंका छ ।’

कोरोना संक्रमणबाट बच्न र बचाउन पार्टी नेता कार्यकर्तालाई निर्देशन समेत दिइएको उहाँले बताउनुभयो । कोरोनासम्बन्धी आफ्नो आदेश सरकार आफैंले पालना नगरेको समेत उहाँले बताउनुभयो ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !