२२ पुष २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

फैलियो महामारी, नेपालगञ्जमा निषेधाज्ञा

प्रकाशित मिति :  ८ बैशाख २०७८, बुधबार ०६:२१


काठमाडौं । बढ्दो कोभिड १९ महामारीलाई ध्यानमा राखेर बाँकेको नेपालगञ्जमा निषेधाज्ञा जारी गरिएको छ ।

संक्रमितको संख्या बढ्दै गएपछि बुधबार राति १२ बजेबाट लागू हुने गरी निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जारी गर्नुभएको निषेधाज्ञा बैशाख १५ गते राति १२ बजेसम्मलाई लागु हुने जनाइएको छ । नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा अत्यावश्यक बाहेक अन्य सबै सेवा बन्द गरिएको उल्लेख छ ।

अत्यावश्यक काम बाहेक सर्वसाधारणलाई बाहिर निस्कन समेत रोक लगाइएको छ । बजार, यातायात, शिक्षण संस्था तथा सबै खालका सार्वजनिक कार्यक्रम समेत बन्द गरिएको छ ।

बाँकेमा बुधबार बिहानसम्म सक्रिय संक्रमित सात सय ३५ पुगेको छ ।

आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !