२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सभामुख सापकोटा विरुद्धको ज्यान मुद्दा संवैधानिक इजालसमा

प्रकाशित मिति :  ८ बैशाख २०७८, बुधबार ०६:४४


काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटा विरुद्ध परेको कर्तव्य ज्यान मुद्दाको सुनुवाइ संवैधानिक इजलासमा हुने भएकाे छ ।

सापकोटाविरुद्ध सर्वोच्च अदालतमा परेको विचाराधीन मुद्दाको पेसी सर्वोच्च अदालतको संवैधानिक इजलासमा चढेको हाे । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा मुद्दाको सुनुवाइका लागि आज पेसी तोकिएको छ । इजलासमा प्रधानन्यायाधीश जबरासहित, न्यायाधीशहरु  दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा हुनुहुन्छ ।

मुद्दा नियमित पेसीमा चढे पनि सुनुवाइ हुने वा नहुने निश्चित भने छैन । यो मुद्दामा पटक-पटक पेसी चढे पनि हेर्न नभ्याइने भन्दै स्थगित हुँदै आएको थियो ।

माओवादी युद्धका बेला अपहरणपछि मारिएका काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा प्रमुख दोषी रहेको अभियाेग लागेकाे छ ।अर्जुनकी श्रीमती पूर्णीमायाले २०६९ मंसिर ७ गते कर्तव्य ज्यानमुद्दा अघि बढाउन माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर गर्नुभएको थियो ।

 

 


0
Shares

प्रतिक्रिया दिनुहोस !