२८ पुष २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

मेक्सिकोमा आप्रवासी बालबालिकाको संख्या बढ्यो

प्रकाशित मिति :  ८ बैशाख २०७८, बुधबार ०६:५२


संयुक्त राष्ट्रसंघ । मेक्सिकोमा अरु देशहरुबाट आएका आप्रवासी बालबालिकाको संख्या बढ्दै गएको देखिएको बताइएको छ ।

सन् ०२१ लागेपछि मेक्सिकोमा अवैधानिक रुपबाट आइपुग्ने बालबालिकाको संख्या करिब ३ हजार ५०० जति पुगिसकेको देखाएको समाचारमा जनाइएको छ ।

यसरी मेक्सिको छिर्नेमध्येका करिब ३० प्रतिशत बालबालिका आफ्ना आमाबुबा या अभिभावक विना नै त्यहाँ पुग्ने गरेका छन् । यो क्रम प्राय दिनहूजसो हुने गरेको बताइन्छ ।  उनीहरु हाल मेक्सिकोका विभिन्न आश्रयस्थलमा बस्ने गरेका छन् । ती आश्रयस्थलमा बसेकाहरुसँग कुने कागजात पनि नभएका र आफ्ना अभिभावक पनि नभएका पाइएको छ ।

ती बालबालिका अधिकांश होन्डुरस, ग्वाटेमाला, एल साल्भाडोरका रहेका छन् । त्यस्तै तिनै बालबालिकासँग मिसिएर आश्रयस्थलमा बस्ने कतिपय त मेक्सिकोकै बालबालिका पनि रहेका यहाँका अधिकारीहरुले जनाएका छन् ।

संयुक्त राष्ट्रसंघले सन् ०२० का पहिला केही महिनाहरुमा यहाँ पुग्ने बालबालिकाको संख्या तीन सय ८० मात्र रहेकोमा अहिले चालू वर्षको शुरुआतमै यति धेरै संख्यामा ती बालबालिका मेक्सिको पुगेको जनाएको छ ।
मेक्सिकोबाट ती बालबालिका दिनहूँ सयौंको संख्यामा अमेरिका प्रवेश गर्ने अवसर कुरेर बस्ने गरेका पाइएको समाचारमा जनाइएको छ । यहिले यसरी ती देशहरुबाट भागेर मेक्सिको पुग्ने र त्यहाँबाट अमेरिका छिर्ने प्रयासमा वयस्कहरु पनि रहेका छन् । यसैमा यी बालबालिका पनि अमेरिका छिर्ने प्रयासमा देखिएको पाइन्छ ।

हुनत मेक्सिको र ती देशबाट अमेरिका छिर्ने नागरिकहरु यस अघि पनि रहने गरेकामा अहिले कोभिड – १९ को महामारीका कारण पनि बालबालिका ती देशबाट भाग्ने गरका पाइएको समाचारमा जनाइएको छ ।

– रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !