२८ पुष २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

भारतमा कोभिड –१९ बाट २४ घण्टामा दुई हजार भन्दा बढीको ज्यान गयाे

प्रकाशित मिति :  ८ बैशाख २०७८, बुधबार ०८:१२


नयााँ दिल्ली । भारतमा बुधबार एकै दिनमा कोभिड–१९ को कारण दुई हजार भन्दा बढी व्यक्तिको ज्यान गएको छ ।

यसै अवधीमा भारतमा एकै दिनमा करिब ३ लाख व्यक्ति संक्रमित भएका छन् ।

बुधबार एक दिनमा भारतमा दुई लाख ९५ हजारमा कोरोना संक्रमण देखिएको हो । कोरोना माहामारी शुरु भएयता विश्वमा भएका संक्रमणको तुलनामा यो ठूलो संख्या भएको सरकारी तथ्यांकले जानकारी दिएको छ । यद्यपी संयुक्त राज्यमा अमेरिका गत जनवरीमा एकै दिनमा तीन लाख भन्दा बढी व्यक्ति संक्रमित भएका थिए ।

सोही अवधीमा कोरोनाबाट २ हजार २३ जनाको ज्यान गएको छ । योसँगै भारतमा कोरोनाबाट ज्यान जानेकाे संख्या १ लाख ८२ हजार पाँच सय ५३ जना पुगेको छ  ।  भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मंगलबार देशवासीको नाममा गर्नु भएको सम्बोधनमा देशका १ करोड ३० लाख व्यक्तिले फेरि एक पटक कोभिड – १९ सँग लडाई गरिरहेका बताउनु भएको छ

केही साता अगाडीसम्म अवस्था नियन्त्रणमा रहेको र पुनः दोस्रो लहर आएपछि गाह्रो हुन थालेको पनि मोदीले बताउनु भएको छ । भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो सो समयबाट अहिलेसम्म भारतमा १३ करोड लाख व्यक्तिले खोप लगाएका छन् । कोरोना भाइरसको महामारी फैलिने क्रम एकातिर चलिरहेको छ भने अर्कोतर्फ कोरोनाभाइरस विरुद्धको खोप चलाउने क्रम पनि चलिनै रहेको छ ।

भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सीन र स्पुट्नीक भी गरी तीन प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायले जनाएका छन् । रुसले विकास गरेको स्पुट्नीक भी भने यही अप्रिल १२ देखि मात्रै लगाउन थालिएको अधिकारीले जानकारी दिएका छन् ।

भारतमा मंगलबार मात्रै १६ लाख ३९ हजार तीन सय ५७ जनाको कोरोना परिक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ । अप्रिल २१ सम्म कूल २७ करोड १० लाख ५३ हजारभन्दा बढीले कोरोना परीक्षण गरिएको पनि परिषद्ले उल्लेख गरेको छ ।

भारतको राष्ट्रिय राजधानी दिल्ली सबभन्दा धेरै कोरोना प्रभावित राज्यको रुपमा रहेको छ । दिल्लीमा मंगलबार एकै दिनमा २८ हजार तीन सय ९५ जना कोरोना भाइरस संक्रमित भएका दुई सय ७७ जनाको ज्यान भएको छ ।

भारतको दिल्लीमा कोरोना शुरु भएपछि हालसम्म कोरोना संक्रमणबाट १२ हजार ६ सय ३८ जनाको ज्यान गइसकेको छ ।

– रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !