२२ पुष २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

राम जन्मभूमि अयोध्यापुरीकाे प्रचार गराैं – भानुभक्त ढकाल

प्रकाशित मिति :  ८ बैशाख २०७८, बुधबार ११:५२


काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले राम जन्मभूमि चितवनको अयोध्यापुरीलाई विश्वमाझ चिनाउनुपर्ने बताउनुभएको छ ।

राम नवमीको अवसरमा भगवान रामको जन्मभूमि चितवनको माडी नगरपालिकास्थित अयोध्यापुरीमा बुधबार आयोजित कार्यक्रममा मन्त्री ढकालले सो कुरा बताउनु भएको हो । ‘राम जन्मभूमिको प्रचार–प्रसारका लागि सरकारले योजना बनाएर काम गर्दैछ, तपाईंहरु पनि आ–आफ्नो ठाउँबाट यसको प्रचारमा जुट्नुस्’– उहाँले भन्नुभयो ।

राम र सीता नेपालको धर्तीमा नै जन्मनु सबैका लागि गौरवको कुरा भएको उहाँले बताउनुभयो । रामको जन्मभूमि नेपाल नै भएको पुष्टि गर्ने धेरै आधार भएका भन्दै उहाँले अयोध्यापुरीलाई विश्वकै धार्मिक गन्तव्य बनाउनुपर्ने बताउनुभयो ।

माडी नगरपालिकाको नाम अयोध्यापुरी राख्न पनि मन्त्री ढकालले सुझाव दिनुभयो । उहाँले भन्नुभयो – ‘नगरपालिकाको नाम नै अयोध्यापुरी राख्दा प्रचार प्रसारमा टेवा पुग्छ, यसकारण म यहाँका जन प्रतिनिधिहरुलाई नाम फेर्न निवेदन गर्छु ।’  भगवान रामको जन्मस्थान अयोध्यापुरी भएको पुष्टि गर्ने पर्याप्त प्रमाण भएको भन्दै उहाँले यस कुरामा गौरव गर्नुपर्ने समेत बताउनुभयो । राम जन्मभूमिको प्रचारका लागि तिनै तहका सरकार आफ्नो–आफ्नो क्षेत्रबाट लाग्नुपर्ने पनि बताउनु
भयो ।

राम नवमीको अवसर पारेर बुधबार माडीको वडा नम्बर ८ र ९ मा पर्ने अयोध्यापुरीमा निर्माण गरिएको राम मन्दिरमा राम, सीता, लक्ष्मण र हुनमानको प्रतिमा स्थापना गरिँदैछ । माडीमा आयोजित एक भव्य धार्मिक अनुष्ठानबीच चार प्रतिमाहरुलाई प्राण प्रतिष्ठा दिन लागिएको हो ।

-आइएनए न्युज एजेन्सी

 


0
Shares

प्रतिक्रिया दिनुहोस !