प्रम ओली र माधव नेपाल बीच भेटको औपचारिक पुष्टि
प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार १४:५९
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमालेका निलम्वित नेता माधवकुमार नेपाल बीच भेट भएको औपचारिक पुष्टि भएको छ ।
प्रधानमन्त्रीको सचिवालयले उहाँहरु बीचको भेटको तस्विर सार्वजनिक गरेको छ । उहाँहरु बीच काठमाडौंको मेरियट होटलको कोठा नम्बर १०१ मा आज साँझ भेटवार्ता भएको थियो ।
भेटवार्ताको जानकारी अनौपचारिक रुपमा मात्र दिइएको थियो । भेटघाट सकिएपछि प्रधानमन्त्रीको सचिवालयले दुई नेताको भलाकुसारीको फोटो नै सार्वजनिक गरेको हो ।
-आइएनए न्युज एजेन्सी
0
Shares