२४ पुष २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

भारतमा एक दिनमा तीन लाख भन्दा बढी कोरोना भाइरस संक्रमित

प्रकाशित मिति :  ९ बैशाख २०७८, बिहीबार ०७:४३


नयाँ दिल्ली । भारतमा बुधबार एकै दिनमा कोभिड–१९ को संक्रमित संख्या तीन लाख १४ हजार  आठ सय ३५ जना थपिएपछि कुल संक्रमितको संख्या एक करोड ५९ लाख ३० हजार भन्दा बढी भएको छ ।

सोही अवधीमा भारतमा कोरोनाबाट २ हजार १०४ जनाको ज्यान  गएको छ । योसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ८४ हजार ६ सय ५७ जना पुगेको छ  । भारतमा कोरोना भाइरस संक्रमण शुरु भएयता एकै दिनमा ३ लाख भन्दा बढी व्यक्ति संक्रमित भएका यो पहिलो पटक हो ।

कोरोना माहामारी शुरु भएयता विश्वमा भएका संक्रमणको तुलनामा यो ठूलो संख्या भएको सरकारी तथ्याङ्कले जानकारी दिएको छ । यद्यपी संयुक्त राज्यमा अमेरिका गत जनवरीमा एकै दिनमा तीन लाख भन्दा बढी व्यक्ति संक्रमित भएका थिए ।

भारतमा बुधबारसम्म सक्रिय संक्रमितको संख्या २२ लाख ९१ हजार चार सय २८ रहेको छ । यहाँ हालसमम एक करोड ३४ लाख ५४ हजार आठ सय ८० व्यक्ति कोरोना मुक्त भएका छन् । भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो सो समयबाट अहिलेसम्म भारतमा १३ करोड २३ लाख ३० हजार भन्दा बढी व्यक्तिले खोप लगाएका छन् । कोरोना भाइरसको महामारी फैलिने क्रम एकातिर चलिरहेको छ भने अर्कोतर्फ कोरोनाभाइरस विरुद्धको खोप चलाउने क्रम पनि चलिनै रहेको छ ।

भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सीन र स्पुट्नीक भी गरी तीन प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायले जनाएका छन् । रुसले विकास गरेको स्पुट्नीक भी भने यही अप्रिल १२ देखि मात्रै लगाउन थालिएको अधिकारीले जानकारी दिएका छन् ।

भारतमा  बुधबार मात्रै १६ लाख ३९ हजार तीन सय ५७ जनाको कोरोना परिक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ । अप्रिल २१ सम्म कूल २७ करोड २० लाख भन्दा बढीले कोरोना परीक्षण गरिसकेको पनि परिषद्ले उल्लेख गरेको छ ।

भारतको राष्ट्रिय राजधानी दिल्ली सबभन्दा धेरै कोरोना प्रभावित राज्यको रुपमा रहेको छ । दिल्लीमा मंगलबार एकै दिनमा २८ हजार तीन सय ९५ जना कोरोना भाइरस संक्रमित भएका दुई सय ७७ जनाको ज्यान  गएको छ ।

भारतको दिल्लीमा कोरोना शुरु भएपछि हालसम्म कोरोना संक्रमणबाट १२ हजार ६ सय ३८ जनाको ज्यान  गइसकेको छ ।

– रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !