११ मंसिर २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

काेराेनाले थला परेपछि भारतको महाराष्ट्रमा लकडाउन

प्रकाशित मिति :  ९ बैशाख २०७८, बिहीबार ०८:४६


काठमाडौं । कोरोनाले थला परेपछि भारतको महाराष्ट्रमा आजबाट लकडाउन हुने भएको छ ।

महाराष्ट्रमा आजदेखि मे १ तारिखसम्म लागि लकडाउन गर्न लागिएको त्यहाँको सरकारले जनाएको छ । महाराष्ट्रका मुख्यमन्त्री उद्धाव ठाकरेले आज राति ८ बजेदेखि लागू हुनेगरी लकडाउन घोषणा गर्नुभएको हो ।

सरकारी कार्यालय र सवारी साधन सञ्चालनका लागि विशेष नियम बनाइएको छ । राज्य सरकारले सरकारी कार्यलयमा १५% कर्मचारी उपस्थित हुनेगरी सरकारी कार्यलय सञ्चालन गर्न निर्देशन दिएको छ । मुख्यमन्त्री ठाकरेले सवारी साधनमा क्षमताभन्दा आधा यात्रु राख्न, वैवाहिक समारोह २ घण्टामा सक्न र विवाह समारोहमा २५ जना मात्र उपस्थित हुन निर्देशन दिनुभएको छ ।

कोरोनाको दोस्रो लहर सुरु भएपछि भारतका विभिन्न राज्यमा जस्तै महाराष्ट्रमा पनि कोरोनाबाट संक्रमित र ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ । महाराष्ट्रमा मात्र अहिलेसम्म कोरोनाले ६१ हजार ३ सय ४३ जनाको ज्यान लिएको छ । अहिलेसम्म ३० लाख ९६ हजारभन्दा बढी संक्रमित भइसकेका छन् ।


0
Shares

प्रतिक्रिया दिनुहोस !