२८ माघ २०८२, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

ओली सरकारको विकल्प खोज्दैनौं – जसपा

प्रकाशित मिति :  22 April, 2021 12:04 pm


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले वर्तमान सरकारको विकल्प नखोज्ने बताएको छ ।

बिहीबार बसेको जसपाको अनौपचारिक बैठकले सो निष्कर्ष निकालेको हो । जसपा अध्यक्ष महन्थ ठाकुरले बिहीबार पार्टीका नेताहरुसँग भएको अनौपचारिक छलफलमा ओली नेतृत्वको सरकारको विकल्प नभएकाले सोहीअनुसार अगाडि बढ्न आग्रह गर्नुभयो ।

सरकारसँग भइरहेको वार्ता र आफूहरुका माग कार्यान्वयनका लागि अहिलेसम्म भएको कार्यप्रगतिबारे ठाकुरले पार्टीका नेताहरुसँग ब्रिफिङ गर्नुभएको लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । ‘सरकारसँगको वार्ता सकारात्मक रुपमा अगाडि बढिरहेको छ, सरकारले हाम्रा माग ढिलो चाँडो सम्बोधन गर्छ, त्यसकारण ओलीको विकल्प खोज्नुहुँदैन’– महन्थको भनाइ उदृद गर्दै कर्णले भन्नुभयो ।

लुम्बिनी प्रदेश सरकारमा सहभागि भएका जसपाका सांसद्बारे के भन्नुहुन्छ भन्ने प्रश्नमा कर्णले भन्नुभयो – ‘जसपा प्रदेशले उहाँहरुलाई बधाई दिइसकेको छ, उहाँहरुलाई कारबाही हुन्छ भनेर भ्रम फैलाइएको छ, त्यस्तो केही हुँदैन ।’ उहाँका अनुसार जसपाले लुम्बिनीसरकारमा सहभागी भएका आफ्ना चार सांसद्लाई कारबाही गर्ने निर्णय गरेको छैन । ‘कसैले कारबाही गर्छु भनेर हुन्छ ? पार्टीको निर्णय अन्तिम हुन्छ नि’– कर्णको भनाइ छ ।
जसपा फुट्न लागेको हो ? भन्ने प्रश्नमा कर्णले कडा जवाफ दिँदै भन्नुभयो – ‘मिडियाले त धेरैपटक जसपा फुटाइदिइसके, पार्टीको निर्देशन मान्नुपर्छ भनेर निर्णय भएपनि मिडियाले त पार्टी फुट्छ भनेर झुठो समाचार दिन्छन् ।’

आज भएको अनौपचारिक छलफलमा पूर्व राजपाका नेताहरु सहभागी हुनुहुन्थ्यो । उपेन्द्र यादव पक्षका नेता भने सहभागी नभएको कर्णले बताउनुभयो ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !