२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सरकारसँग भएको सहमति बिथोल्न खोजियो – विप्लव

प्रकाशित मिति :  ९ बैशाख २०७८, बिहीबार १२:५२


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले सरकारसँग भएको तीन बुँदे सहमति बिथोल्न खोजिएको बताउनु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवस तथा लेनिन जयन्तीका अवसरमा शुभकामना सन्देश दिँदै विप्लवले सरकारसँग भएको तीनबुँदे सहमति बिथोल्न कैयौं तत्व लागिरहेको उल्लेख गर्नुभएको छ । उहाँले लेख्नु भएको छ – ‘अझै पनि हाम्रा सयौँ कमरेडहरू जेलमा बन्दी हुनुहुन्छ, मुद्दाहरू खारेज भइसकेका छैनन्, कैयौँ तत्वले सहमति बिथोलेर धमिलो पानीमा माछा मार्ने प्रयास गरेको देखिँदै छ ।’

सहमतिलाई इमानदारीपूर्वक छिटोभन्दा छिटो लागू गर्नुपर्ने जिम्मा आफूहरुमाथि रहेको उल्लेख गर्दै उहाँले लेख्नुभएको छ – ‘आशा छ हामी तीन बुँदेलाई लागू गर्दै देशकाे राजनीतिक, आर्थिक, सांस्कृतिक र राष्ट्रियताका विषयमा गहन विर्मश गर्न र उचित निकास निकाल्न सफल हुनेछौं ।’

आफूहरुको प्रमुख उद्देश्य नेपालको दलाल, पूँजीवादी सत्ता र संसदीय व्यवस्थालाई परिवर्तन गरेर देशमा वैज्ञानिक, समाजवादी सत्ता लागू हुनुपर्ने रहेको पनि विप्लवले सन्देशमा उल्लेख गर्नुभएको छ ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !