३० कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एकठाउँ बाहेक सर्वत्र निभ्यो डढेलो

प्रकाशित मिति :  ९ बैशाख २०७८, बिहीबार १३:२५


काठमाडौं। केहि सातादेखि नेपालका विभिन्न जंगलमा लागेको डढेलो लगभग नियन्त्रणमा आएको छ ।

गत चैत २२ गते ५५ जिल्लाका चार सय ४९ जंगलमा डढेलो सल्किरहेको थियो। एक ठाउँ बाहेक सर्वत्रको डढेलो निभेको छ । वन विभागका अनुसार पाँचथरको एउटा जंगलमा लागेको डढेलो भने निभ्न बाँकी छ ।

डढेलोका कारण काठमाडौं उपत्यका सहित देशका विभिन्न भाग धूँवामय बनेको थियो । धूँवा र चर्काे खडेरीका कारण उडेको धुलो मिसिएर तुवाँलो लागेको थियो ।

तुँवालोका कारण काठमाडौ विश्वको सबैभन्दा प्रदूषित सहरमा दरिन पुगेको थियो । ठाउँठाउँमा वर्षा हुनाले तथा चिसो बढ्नाले डढेलो नियन्त्रण भएको छ ।
डढेलो नियन्त्रण र वर्षासँगै काठमाडौं लगायतका क्षेत्रमा लागेको तुवाँलो पनि हट्दै गएको छ ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !