सर्वसाधारणलाई पशुपतिनाथको दर्शमा रोक
प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार ०६:३९
काठमाडौं । आजबाट सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक लगाइएको छ ।
कोरोना संक्रमण बढ्दै गएपछि पशुपति क्षेत्र विकास कोषले पशुपति दर्शनमा सर्वसाधारणलाई रोक लगाउने निर्णय गरेको हो । कोषले सूचना जारी गरी अर्को सूचना नभएसम्मको लागि नित्य पूजा बाहेक सर्वसाधारणको लागि दर्शन गर्न रोक लगाएको जनाएको छ ।
पशुपति सहित गुहेश्वरी र पाशुपत क्षेत्रका मन्दिरमा नित्य पूजाबाहेक अन्य पूजा बन्द गरिएको कोषाध्यक्ष डा. मिलनकुमार थापाद्वारा जारी सूचनामा उल्लेख छ ।
0
Shares