२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

राष्ट्रिय सभा सदस्यमा बादल नै एमालेको उम्मेदवार

प्रकाशित मिति :  १० बैशाख २०७८, शुक्रबार १०:३८


काठमाडौं । नेकपा एमालेले गृहमन्त्री रामबहादुर थापा बादललाई राष्ट्रिय सभा सदस्यको उम्मेद्वार बनाउने भएको छ । यद्यपि औपचारिक निर्णय हुन भने बाँकी रहेको एमालेले जनाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकमा थापालाई उम्मेदवार बनाउने विषयमा छलफल भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकारले सोधेको प्रश्नमा ज्ञवालीले भन्नुभयो – ‘उपचुनावमा को उठ्छ त्यो त औपचारिक घोषणा भएको छैन, तर (बादल) उहाँकै सम्भावना बढी छ ।’

माओवादी केन्द्रबाट निर्वाचित बादललाई पार्टीले कारवाही गरेपछि राष्ट्रिय सभा सदस्यको पद गुमेको थियो । सांसद् नभएपनि ६ महिना मन्त्री बन्न पाइने प्रावधान अनुसार सरकारले उहाँलाई पुनः गृहमन्त्री बनाएको छ ।

बिहीबार र्निाचन आयोगले राष्ट्रिय सभाको रिक्त पदका लागि जेठ ६ गते  उपचुनाव गर्ने बताइसकेको छ । राष्ट्रिय सभा सदस्य रिक्त भएको ३५ दिनभित्र उपचुनाव गराउनुपर्ने संवैधानिक व्यवस्था छ । बादल ०७४ फागुनमा माओवादीको उम्मेदवार बनेर वाग्मती प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचित हुनुभएको थियो । उपचुनावमा वागमती प्रदेशका स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रदेश सभाका सदस्यहरु मतदाता हुन्छन् ।

-आईएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !