४ आश्विन २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

भारतलाई रुवाउने ट्रिपल म्युटेन्ट भाइरस : नेपालमा पनि आउँदैछ,

प्रकाशित मिति :  ११ बैशाख २०७८, शनिबार ०७:५४


काठमाडौं । भारतमा ट्रिपल म्युटेन्ट कोरानो भाइरस भेटिएको छ । अहिले भारतमा कोभिड १९ महामारी घातक हुनुका पछाडि डबल म्युटेन्ट र ट्रिपल म्युटेन्ट भाइरसको मुख्य भूमिका रहेको भारतीय वैज्ञानिकहरुले बताएका छन् ।

कोरोनाको नयाँ रुपको अध्ययनगर्ने क्रममा वैज्ञानिकहरुले नयाँ प्रकार भेट्टाए जसले विगतमा तीन पटक स्वरुप बदलको थियो, अर्थात्, ट्रिपल म्युटेन्ट भएको थियो । यसलाई यसरी पनि बुझ्न सकिछ– कोरोना भाइरसले पहिले आफ्नो रुप परिवर्तन गर्यो । परिवर्तित भाइरस र पुरानो भाइरस मिसिएर तेस्रो रुपको भाइरस बन्यो ।

भाइरसको प्राकृतिक गुण के हो भने यसको रुप बारम्बार फेरिन्छ । स्वरुप परिवर्तन हुँदा भाइरस झन् बलियो पनि बन्न सक्छ, कमजोर पनि बन्न सक्छ । ट्रिपल म्युटेन्ट भने झन् बलियो अर्थात्, मानिसका लागि अझ धेरै घातक ठहरिएको छ । यो भेरियन्टलाई वैज्ञानिक नाम दिइएको छ–बी१६१८ ।सुरुममा यो भेरिएन्छ भारतको पश्चिम बंगाल राज्यमा देखिएको थियो । पछि महाराष्ट्र राज्यमा तिब्र रुपमा फैलिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

रोग प्रतिरोधक क्षमतालाई यो भाइरसले नष्ट पार्छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका प्रमुख डा. शेरबहादुर पुंन भन्नुहुन्छ– यो भेरियन्टलाई खोपले काम नगर्न सक्छ । डा. पुनका अनुसार यसलाई ‘भेरियन्ट अफ कन्सर्न’ नभनेर ‘भेरियन्ट अफ इन्ट्रेस्ट’ भनिएको छ। किनभने, यो भाइरसको बारेमा उनीहरूले अझै अध्ययन गरिरहेका छन्।

दक्षिण अफ्रिकी भेरियन्टसँग मिल्दोजुल्दो भएकाले यो भेरियन्ट निकै घातक हनुसक्ने डा. पुंनको बुझाई छ । भारतका कतिपय सञ्चार माध्यमले यो भेरियन्टलाई खोपले काम गर्छ भनी कतिपय डाक्टरहरुलाई उदृत गर्दै समाचार दिएका छन् । तर, कतिपय डाक्टरहरुले भने यो भेरियन्टका सामु अहिलेका खोपहरु निरीह भएको दावी गरेका छन् । भारतीय स्वास्थ्य मन्त्रालयले यसबारेमा किटानीसाथ केही पनि भन्न सकेको छैन ।

यो भाइरसको अर्को खतरनाक गुण पनि छ एन्टिबडीलाई छल्ने । अर्थात् जसलाई पहिले नैसंक्रमण भइसकेको छ र उनीहरुमा एन्टिबडि विकास भएको छ भने पनि ट्रिपल म्युटेन्टले संक्रमण गराउन सक्छ ।

ट्रिपल म्युटेन्टको सबैभन्दा चिन्तालाग्दो पक्ष के भने यसले बालबालिका र युवा उमेरकालाई पनि सिकिस्त बनाउन सक्छ, ज्यान लिन सक्छ ।

कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा तिब्र रुपले सर्न पाउँदा भाइरसको जीन मिक्स हुन्छ र यसले म्युटेशन गर्न पाउँछ । डा पुनका अनुसारकोरोनाभाइरसलाई म्युटेट हुने अवसर पनि हामी आफैँले दिरहेका छौँ । अर्थात्, हाम्रो लापरवाहीले भाइरस फैलँदै गएको छ ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !