७ असार २०८२, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

धरहराबाट खसेर पनि बाँचेकी रमिलालाई सरकारको सम्मान

प्रकाशित मिति :  ११ बैशाख २०७८, शनिबार ०८:३४


काठमाडौं । धरहराबाट खसेर पनि बाँच्न सफल भएकी रमिला श्रेष्ठलाई सरकारले सम्मान गरेको छ ।

नवनिर्मित धरहराको उद्घाटन समारोहमा शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले रमिलालाई सम्मान गर्नुभएको हो । ०७२ वैशाख १२ गते गएको भूकम्पले धरहरा भत्किँदा रमिला धरहरासँगै खसेकी थिइन् । धरहराबाट खस्दा पनि रमिलासँगै उनका एक जना साथी बाँच्न सफल भएका थिए । धरहराबाट खस्दा रमिला घाइते भएकी थिइन् ।

सो भूकम्पमा धरहरा परिसरमा मात्रै ६० जनाको ज्यान गएको थियो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ०७२ को भूकम्पमा धरहरा क्षेत्रमा ज्यान गुमाएकाका परिवारका एक जना सदस्यलाई रोजगारीको ग्यारेन्टी गरिने बताउनुभएको थियो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले धरहरा पुर्ननिर्माणमा योगदान गर्ने व्यत्तिहरुलाई पनि सम्मान गर्नुभएको थियो ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !