४ आश्विन २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बाँकेमा थप तीन संक्रमितको ज्यान गयो

प्रकाशित मिति :  १२ बैशाख २०७८, आईतवार ०६:०२


काठमाडौं । कोभिड–१९ संक्रमणबाट बाँकेमा थप तीन जनाको ज्यान गएको छ ।

शनिबार राति २ र आइतबार बिहान एक जनाको ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेको जनाएको छ । कोहलपुर नगरपालिका–१०  की ३६ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको छ । वैशाख १० गते अस्पताल भर्ना भएकी ती महिलाको आइतबार बिहान ज्यान गएको हो ।

भेरी अस्पतालको कोभिड आइसोलेशन वार्डमा उपचाररत खजुरा गाउँपालिका–३ की ४७ वर्षीया महिलाको ज्यान गएको छ ।  संक्रमण पुष्टि भएपछि वैशाख १ गते अस्पताल भर्ना भएकी ती महिलाको शनिबार राति ज्यान गएको हो ।

भेरीको आइसोलेशनमै उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–१० का ६० वर्षीय पुरुषको पनि शनिबार राति नै ज्यान गएको अस्पतालले जनाएको छ । ती पुरुष पनि वैशाख १ मै अस्पाल भर्ना भएका थिए ।

– आईएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !