श्रीलंकामा भेटियो कोरोनाको अहिलेसम्मकै खतरनाक भेरियन्ट
कठमाडौं । श्रीलंकामा कोरोना भाइरसको अहिलेसम्मकै सबैभन्दा खतरनाक प्रकार भेटिएको छ । युके भेरियन्टले रुप फेरेर अझ खतरनाक स्वरुप बनाएको श्रीलंकाका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
सो भाइरस एक घन्टासम्म हावामा रहनसक्ने र अत्यन्तै तिब्र गतिमा फैलने बताइएको छ । कोरोना भाइरसका अहिलेसम्म पाइएका भेरियन्टहरुभन्दा यो मानव स्वास्थ्यका लागि अत्यन्तै घातक हुनसक्ने जनाइएको छ ।
श्रीलंकाका जयवर्दनेप्रा विश्वविद्यालयका इम्युनोलोजी विभागका प्रमुख डा. चण्डिमा जीवनदाराले अन्तराष्ट्रिय सञ्चार माध्यमहरुलाई बताउनुभए अनुसार मानिसले खोक्दा तथा हाच्छ्युँ गर्दा निष्कने कणहरुबाट यो भाइरस हावामा फैलन सक्छ र एक घन्टासम्म हावामै रहन सक्छ ।
सो भाइरस हावामा कति छाढासम्म जानसक्छ भन्ने चाहिँ अनुसन्धानकै विषय बनेको छ । सो नयाँ भेरियन्टले श्रीलंकाका युवा तथा बालबालिकालाई संक्रमित बनाएको र अन्तन्तै तिब्र गतिमा फैलिरहेको जनाइएको छ ।
स्वास्थ्य विभाग प्रमुख डा. असेला गुनवद्धेनाका अनुसार संक्रमितहरुमा विगतको भन्दा कडा लक्षण देखिएको छ । संक्रमित भएर अस्पताल आउनेहरुलाई तत्कालै आईसीयू र भेन्टिलेटरमा लैजान परिरहेको उहाँले जानकारी दिनुभएको छ ।
-आईएनए न्युज एजेन्सी