४ आश्विन २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

देशव्यापी लकडाउन हुँदैन – प्रदीप ज्ञवाली

प्रकाशित मिति :  १२ बैशाख २०७८, आईतवार ०७:५३


काठमाडाैं । सरकारले तत्काल देशव्यापी लकडाउन नगर्ने भएकाे छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकार तत्काल देशव्यापी लकडाउन गर्ने पक्षमा नरहेको जानकारी दिनुभएकाे हाे । एमाले महाधिवेशन आयाेजक कमिटीकाे बैठकका निर्णयबारे पत्रकारलाई जानकारी दिने क्रममा ज्ञवालीले साे कुरा बताउनुभएकाे हाे ।

तर काेराेनाकाे कोरोना हटस्पटमा स्थानीय तहबाट लकडाउन हुन सक्ने सम्भावना भने रहेकाे उहाँले बताउनुभयाे । ज्ञवालीले भन्नुभयाे – ‘तत्काल देशव्यापी रूपमा लकडाउन गर्ने पक्षमा सरकार छैन, अहिलेको हाम्रो आग्रह सबै नागरिकलाई स्वास्थ्य प्रोटोकलको पालना गर्नुस् भन्ने हो, लकडाउन समाधान हाेइन, भर्खर अर्थतन्त्र तंग्रिन थालेकाले सकभर अर्थतन्त्रमा प्रतिकूल प्रभाव नपरोस् र जनजिविका पनि सहज हाेस् भन्ने सरकारको चाहना हो ।’

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !