४ आश्विन २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अब पनि सचेत नभए स्थिति भयावह हुन्छ, संक्रमित राख्‍ने ठाउँ हुँदैन

प्रकाशित मिति :  १२ बैशाख २०७८, आईतवार ०९:४०


काठमाडौं । सरकारले तोकेका जनस्वास्थ्यसम्बन्धी मापदण्ड पूर्ण  रुपमा पालना गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपिल गरेको छ ।

कोभिड–१९ संक्रमण यही गतिमा फैलिए संक्रमितको उपचारमा समस्या हुने भन्दै मन्त्रालयले सो अपिल गरेको हो । छिमेकी भारतका हृदयविदारक द‍‍ृश्य र नेपालकै केही ठाउँको दु:खद अवस्था देखेर पनि सचेत नबने संक्रमितको उपचारका लागि अस्पतालमा ठाउँ नै नहुने मन्त्रालयले जनाएको छ ।

अहिलेको संक्रमण सबै वर्ग र उमेर समूहका लागि अत्यन्तै जोखिमपूर्ण रहेकाले समयमै सचेत बन्न मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गर्नुभएको सूचनामा लेखिएको छ – ‘संक्रमणको चक्रलाई रोक्न सकिएन र यही गतिमा फैलदै गएमा केही दिनमै अस्पतालमा बिरामी राख्ने ठाउँसम्म हुने छैन, त्यसैले व्यक्ति व्यक्तिले निर्वाह गर्न सक्ने भूमिकाहरुबाट कसैलाई पनि बिचलित हुन नदिऔँ, खबरदारी गरौँ ।’

संक्रमण रोकथामका लागि सरकारले तोकेका मापदण्ड निर्विकल्प उपाय भएको उल्लेख गर्दै सूचनामा लेखिएको छ – ‘आफूले अरु सबैलाई संक्रमणको आशंकामा राखेर मास्क लगाउने, भौतिक दूरी कायम गर्ने र हातको सरसफाइमा ध्यान दिने गरौँ ।’

मन्त्रालयले सार्वजनिक ठाउँमा कुनैपनि कार्यक्रम वा समारोह नर्गन–नगराउन र सहभागी नबन पनि अपिल गरेको छ । सञ्चार माध्यमबाट पनि नागरिकमा प्रभाव पर्ने भन्दै मन्त्रालयले समाचार पढ्दा, अन्र्तर्वाता लिदा वा कुनै कार्यक्रमको समाचार बनाउँन जाँदा मास्क अनिवार्य लगाउन पनि अपिल गरेको छ ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !