४ आश्विन २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

पूर्व निर्धारित सबै तहका परीक्षा स्थगित

प्रकाशित मिति :  १२ बैशाख २०७८, आईतवार १६:५६


काठमाडौं । पूर्व निर्धारित सबै तहका परीक्षा अर्काे आदेश जारी नभएसम्मका लागि स्थगित भएका छन् ।

आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) को बैठकले  देशभरका विद्यालय तथा शिक्षालयहरुका पूर्व निर्धारित सबै परीक्षा स्थगित गर्ने निर्णय गरेकाे हाे । काेभिड संक्रमणकाे जाेखिम बढेपछि परीक्षा स्थगित गरिएकाे हाे ।

भौतिक उपस्थित हुने पूर्व निर्धारित सबै परीक्षा अर्को आदेश नभएसम्मका लागि स्थगित गर्ने निर्णय भएकाे  सीसीएमसी सचिवालयका संयोजक डा. खगराज अधिकारीले जारी गर्नुभएकाे विज्ञप्तिमा उल्लेख छ । विद्यालय तथा शिक्षालयमा भौतिक रुपमा उपस्थित नभई भर्चुअल र वैकल्पिक माध्यमबाट पठनपाठन भने जारी राख्ने निर्णय पनि विज्ञप्तिमा उल्लेख छ ।

एसईई परीक्षाबारे भने सीसीएमसीले कुनै निर्णय गरेकाे छैन । केही दिन यता काेभिड संक्रमण तीब्र गतिमा फैलिइरहेकाे छ । काेभिडबाट संक्रमित र निधन हुनेकाे संख्या दिनहुँ बढ्दै गएकाे । सरकारले देशभरका ठूला शहरका विद्यालय वैशाख मसान्तसम्मका लागि बन्द गरिसकेकाे छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !