४ आश्विन २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बाँकेमा थप एक संक्रमितको ज्यान गयाे

प्रकाशित मिति :  १२ बैशाख २०७८, आईतवार १७:२१


काठमाडौं । बाँकेको नेपालगञ्जमा थप एक जना काेराेना संक्रमितकाे ज्यान गएकाे छ ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार कोहलपुर नगरपालिका–२ का ४१ वर्षीय कोभिड संक्रमित पुरुषकाे ज्यान गएकाे हाे । स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि भेरी अस्पताल पुर्‍याउनासाथ ती पुरुषकाे ज्यान गएकाे हाे ।

ती पुरुषमा वैशाख ८ गते संक्रमण पुष्टि भएको थियो । सुरुमा होम आइसोलेशनमा बसेका ती पुरुषलाई स्वास्थ्य अवस्था जटिल बनेपछि आज अस्पताल लगिएकाे थियाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !