२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

माधव गुटले दायर गरेकाे रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अश्‍वीकार

प्रकाशित मिति :  १३ बैशाख २०७८, सोमबार १२:०३


काठमाडौं । सर्वोच्च अदालतले एमालेका निलम्बित नेता माधवकुमार नेपालसहितका चार नेताले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अश्वीकार गरेको छ ।

माधवसहितका नेताहरुकाे रिटमाथि साेमबार सुनुवाइ गर्दै न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले स्पष्टीकरण सोधेको आधारमा अन्तरिम आदेश दिइरहन नपर्ने ठहर गरेको हो ।

निलम्बनमा परेका चार नेता माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालले आफूहरूसहित २७ जना सांसद्को पद खारेजी हुने प्रक्रिया रोक्न भन्दै सर्वोच्चमा रीट निवेदन दर्ता गराउनुभएकाे थियाे ।

माधव गुटले आफूहरूमाथि गर्न लागिएको निष्कासनको कारवाही उत्प्रेषण, प्रतिषेध आदेशद्वारा बदर तथा रोक्का गरीपाउँ भन्दै संयुक्त रूपमा रिट पेस पेस गरेकाे थियाे ।रिटमा एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल, सभामुख अग्निप्रसाद सापकाेटा,  निर्वाचन आयोग लगायतलाई विपक्षी बनाइएकाे छ ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !