४ आश्विन २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

उपत्यकासहित काेभिडबाट अति प्रभावित जिल्लामा १५ दिन निषेधाज्ञा

प्रकाशित मिति :  १४ बैशाख २०७८, मंगलवार ०४:३०


.

काठमाडाैं । काठमाडाैं उपत्यकाका तीन जिल्लासहित काेभिड-१९ बाट अति प्रभावित जिल्लामा १५ दिन निषेधाज्ञा हुने भएकाे छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकले काठमाडाैं, भक्तपुर र ललितपुरसहित कोभिडबाट अति प्रभावित जिल्लामा १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको हाे । संक्रमितकाे संख्या तीब्र गतिमा बढ्न थालेपछि जाेखिम राेक्न साे निर्णय भएकाे कृषि तथा पशुपन्छी विकासमन्त्री पद्‍मा अर्यालले जानकारी दिनुभयाे ।

यसअघि काठमाडाैं, ललितपुर र भक्तपुरमा वैशाख १६ देखि एकसाता निषेधाज्ञा गर्ने घोषणा भएको भए पनि मन्त्रिपरिषद् बैठकले १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।साेमबार दिउँसाे बसेकाे उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले एक साताका निषेधाज्ञा घाेषणा गरेकाे थियाे । साँझ बसेकाे मन्त्रिपरिषद्ले साे अवधि बढाएकाे हाे ।

मन्त्री अर्यालका अनुसार काेभिड संक्रमणकाे अवस्था हेरेर निधेषाज्ञा अवधि थपघट हुन सक्ने छ । पहाडी क्षेत्रमा २ सय र शहरी क्षेत्रमा ५ सय बढी संक्रमित देखिए निषेधाज्ञा लगाउने अधिकार स्थानीय प्रशासनलाई दिने कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)काे सिफारिस पनि मन्त्रिपरिषद् बैठकले पारित गरेकाे छ ।

संक्रमण तीब्र गतिमा फैलिएपछि सरकारले निषेधाज्ञा जारी गरेकाे हाे । केही दिन यता नेपालमा काेराेनाकाे बाढी आइरहेकाे छ ।

 


0
Shares

प्रतिक्रिया दिनुहोस !