४ आश्विन २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बिपी प्रतिष्ठानमा दुई संक्रमितकाे ज्यान गयाे

प्रकाशित मिति :  १४ बैशाख २०७८, मंगलवार ०५:४३


धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई कोरोना सङ्क्रमितको ज्यान गएकाे छ । सोमबार एकै दिन मोरङ र जनकपुरका दुई बिरामीको ज्यान गएकाे हो । विराटनगर–१२ का ७५ वर्षीय वृद्धलाई यही वैशाख ४ गते अस्पताल भर्ना गरिएको थियो ।

उच्च रक्तचापका बिरामी उहाँको उपचारका क्रममा सोमबार दिउँसो ज्यान गएकाे प्रतिष्ठानका सहप्रवक्ता डा. चूडामणि पोखरेलले जानकारी दिनुभयो । डा. पोखरेलका अनुसार यसअघि धनुषा जनकपुरधाम–८ का ४८ वर्षीय पुरुषको मृत्यु भएको थियो । उहाँलाई यही वैशाख ९ गते अस्पतालन भर्ना गरिएको थियो । उहाँ पनि उच्च रक्तचापको बिरामी रहनुभएको थियो ।

दुवै शव स्वास्थ्य मापदण्डअनुसार व्यवस्थापन गरिएको छ । प्रतिष्ठानमा पछिल्लो समय ज्यान गुमाउनेकाे सङ्ख्या ६ पुगेको छ । हालसम्म एक सय २५ जनाको कोरोना संक्रमणबाट ज्यान गएको प्रतिष्ठानले जनाएको छ ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !