२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

जसपाका शीर्ष नेताबीच छलफल

प्रकाशित मिति :  १४ बैशाख २०७८, मंगलवार ११:४४


काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरुबीच पछिल्लाे राजनीतिक घटनाक्रमका विषयमा छलफल भएकाे छ ।

जसपाका शीर्ष नेताबीच मंगलबार सत्ता साझेदारी लगायत विषयमा छलफल भएकाे हाे । तर ठाेस निर्णय भने हुन नसकेकाे बताइएकाे छ ।छलफलमा महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ लगायत सहभागी हुनुभएकाे छ ।

कांग्रेस र माओवादी केन्द्रले सरकार विरुद्ध अविश्‍वास ल्याउने तयारी गरिरहेका छन् । कांग्रेस र माओवादीले अविश्वास प्रस्तावमा अगाडि बढाउने-नबढाउने विषयमा जसपाको औपचारिक निर्णय मागेका छन् । तर जसपाले निर्णय नगरेपछि नयाँ सरकार गठनका लागि कांग्रेस र माओवादी अगाडि बढ्न सकेका छैनन् ।

जसपा अध्यक्ष ठाकुर र नेता महतो केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने पक्षमा हुनुहुन्छ । तर भट्टराई र यादव पक्ष ओलीविरूद्ध अविश्वास प्रस्ताव अगाडि बढाउने पक्षमा हुनुहुन्छ ।

यही विषयमा जसपाबीच कुरा मिल्न सकेकाे छैन । आजकाे बैठकमा बाबुरामले कार्यकारिणी समितिको बैठक बोलाउनुपर्ने माग गर्नुभएकाे थियाे । तर अध्यक्ष ठाकुरले काेभिड- १९ काे महामारी तीब्र फैलिएका बेला बैठक बाेलाउन उचित नहुने कुरा राख्नुभएकाे थियाे ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !