२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन वैशाख १९ मा

प्रकाशित मिति :  १४ बैशाख २०७८, मंगलवार १३:४०


काठमाडाैं । लुम्बिनी प्रदेशकाे प्रदेश सभाको विशेष अधिवेशन वैशाख १९ गते बस्ने भएकाे छ ।

प्रदेश प्रमुख धर्मनाथ यादवले वैशाख १९ गतेका लागि प्रदेश सभाकाे विशेष अधिवेशन आव्हान गर्नुभएकाे हाे । प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रअनुसार १९ गते आइतबार दिउँसाे १ बजे बस्नेगरी प्रदेश सभाको विशेष अधिवेशन आह्‍वान गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएकाे अविश्वास प्रस्तावमा छलफल गर्न विशेष अधिवेशन बाेलाइएकाे हाे । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीका केही सांसद्ले वैशाख ६ गते मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । अविश्वासको प्रस्तावमा नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ ।

लुम्बिनीमा मुख्यमन्त्री पाेखरेललाई जसपाले साथ दिएकाे छ । जसपा सांसद् सन्तोष पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्साल मुख्यमन्त्रीकाे पक्षमा हुनुहुन्छ । उहाँहरु चारै जना मन्त्री नियुक्त भइसक्नुभएकाे छ ।

८७ सदस्यीय प्रदेश सभामा एमालेका ४१, माओवादीका २० कांग्रेसका १९, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक जना प्रदेश सभा सदस्य छन् । एमालेमा लागेका दुई जनालाई कारबाही गरेपछि अब माओवादीका १७ सांसद् छन् । नयाँ सरकार बनाउन ४३ सांसद् चाहिन्छ ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !