४ आश्विन २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

वीरगञ्‍जमा निशुल्क अक्सिजन बैंक स्थापना

प्रकाशित मिति :  १४ बैशाख २०७८, मंगलवार १३:४३


काठमाडौं । वीरगञ्जमा निशुल्क अक्सिजन बैंक स्थापना गरिएको छ ।

वीरगञ्ज महानगरपालिकाको कार्यालयमा निशुल्क अक्सिजन बैंक स्थापना गरिएको हो । कोभिड–१९ संक्रमितको संख्या बढ्दै गएपछि उहाँहरुको जीवन रक्षाका लागि अक्सिजन बैंक स्थापना गरिएको नगरप्रमुख विजयकुमार सरावगीले जानकारी दिनुभयो ।

सो अक्सिजन बैंकको औपचारिक घोषणा बुधबार मात्र गरिने नगरप्रमुख सरावगीले बताउनुभयो । उहाँले भन्नुभयो – ‘करिब करिब स्थापना भइसकेको छ, भोलि मात्र यसको औपचारिक घोषणा गर्छाैं ।’

अक्सिजनको अभावमा नगरवासीले ज्यान गुमाउन नपरोस् भनेर निशुल्क अक्सिजन अक्सिजनको व्यवस्था गरिएको उहाँले बताउनुभयो । ‘हामीले अक्सिजन बैंकबाट भोलिदेखि आवश्यकता अनुसार अक्सिजन वितरण गर्छाैं ।’ वीरगञ्ज महानगर र लायन्स क्लव इन्टरनेशनलको सहकार्यमा अक्सिजन बैंक स्थापना गरिएको उहाँले जानकारी दिनुभयो ।

वीरगञ्जमा केही दिन यता कोभिड संक्रमितको संख्या बढ्दै गइरहेको छ । उहाँका अनुसार सोमबार राति १ सय ४० जनाको स्वाब परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि भएको थियो । मंगलबार बिहान मात्र दुई जना संक्रमितको ज्यान गएको छ ।

कोभिड फैलँन नदिन कसरी अगाडि बढ्ने भन्ने विषयमा अहिले छलफल भइरहेको सरावगीले बताउनुभयो ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !