रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि १ करोड ६० लाख बढी खर्च लाग्ने
प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलवार १३:४८
काठमाडौँ – आगामी जेठ ६ गते हुने रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचन सञ्चालनका लागि आर्थिक कार्यविधि निर्वाचन आयोगले तयार पारेको छ ।
मंगलबार आयोगका निमित्त सचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठले सूचना जारी गर्दै वाग्मती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य पदका लागि हुने अनुमानित खर्च सार्वजनिक गर्नुभएको हो । निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि एक करोड ६१ लाख ३० हजार रुपैयाँ बजेट अनुमान गरिएको छ ।
कार्यविधिमा सहमति र अनुमानित बजेट निकासाका लागि अर्थ मन्त्रालयलाई पत्राचारसमेत गरिएको बताइएको छ । आयोगले न्याय परिषद्को परामर्शमा प्राप्त नामावलीका आधारमा मकवानपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश डिल्ली रत्न श्रेष्ठलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको छ ।
-आइएनए न्युज एजेन्सी
0
Shares