२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अविश्वास प्रस्ताव ल्याउन जसपाले अटेर गर्‍याे-नारायणकाजी श्रेष्ठ

प्रकाशित मिति :  १४ बैशाख २०७८, मंगलवार १४:०६


काठमाडौं । ‘सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउन कांग्रेसले बल्ल बल्ल मान्यो, जनता समाजवादीले टेरेन’– माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठको भनाइ छ ।

नयाँ सरकार गठनका लागि स्थायी कमिटीले के निर्णय गर्‍यो भन्ने पत्रकारको प्रश्नमा श्रेष्ठले त्यसो भन्नुभएको हो । स्थायी कमिटी बैठकपछि पत्रकारसँग कुरा गर्दै श्रेष्ठले जसपाले निर्णय गरेपछि मात्र अविश्वासको प्रस्तावसम्बन्धी प्रक्रिया अघि बढाइने बताउनुभयो ।

सत्ता समीकरणका लागि कांग्रेस तयार भइसकेको भन्दै उहाँले अब जसपाले निर्णय गर्नासाथ अविश्वास प्रस्तावको प्रक्रिया अघि बढ्ने बताउनुभयो । ‘यो सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउन हामी तयार छौं, जसपा सहमत हुनासाथ दर्ता हुन्छ’– श्रेष्ठको भनाइ छ । वर्तमान सरकारलाई विस्थापित गरेर नयाँ सरकार बनाउन सकियोस् भनेर पार्टीले पहल गरिरहेको र त्यसका लागि छलफल चलिरहेको श्रेष्ठले बताउनुभयो ।

नयाँ सरकार गठनका लागि जनता समाजवादी पार्टीको निर्णय कुरेर बसेको बताउँदै उहाँले भन्नुभयो – ‘जसपा सहमत हुने बित्तिकै जतिबेला पनि अविश्वासको प्रस्ताव दर्ता हुन्छ ।’ कांग्रेससँग मिलेर नयाँ सरकार गठन गर्ने सन्दर्भमा एमसीसीबारे सम्झौता भएको भन्ने समाचार भ्रमपूर्ण मात्रै रहेको पनि उहाँले प्रष्ट पार्नुभयो ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !